प्रदेश नम्बर अन्तर्गत पर्ने सर्लाही जिल्लामा रहेको हाल लालबन्दि नगरपालिका-०१ (पहिले नेत्रगञ्ज गा.वि..वार्ड नं.-, नवलपुर) मा अवस्थित यस उष्ण प्रदेशिय बागवानी केन्द्र, नवलपुरको वि.सं. २०२९ साल आषाढ १२ गते बृहत बागवानी केन्द्रको नाममा उष्ण तथा न्यानो सम-शितोष्ण फलफूल, तरकारी तथा आलङ्कारिक बोटहरुको उच्च गुणस्तरीय बीउ एवं बिरुवाको उत्पादन गरी आपुर्ति गर्ने सो बालीहरुको उपयुक्त जात खेती प्रविधिको खोजी एवं विकास गरी कृषक समक्ष पुऱ्याई उनीहरुको जीवनस्तर माथी उकास्ने मुख्य उद्देश्यका साथ स्थापना भएको हो कृषि निकायको समयानुकुल संगठनात्मक संरचना हेरफेर एंव परिवर्तन हुँदै २०५२ साल श्रावण देखि यस केन्द्रको नाम उष्ण प्रदेशीय बागवानी केन्द्र रहन गएको हो कुल १८५.५४ हेक्टर क्षेत्रफल रहेको यस केन्द्रमा भारत, पाकिस्तान, अमेरीका, थाइलैण्ड लगायत नेपालका विभिन्न सरकारी तथा निजी फार्म केन्द्रहरुबाट विभिन्न फलफूल, तरकारी एवं आलङ्कारिक बोटबिरुवाका बीउ एवं बिरुवा ल्याई जातीय संरक्षण तथा सम्बर्धन तर्फ आँपमा आम्रपाली, मल्लिका, निलम सहित ३५ जात, लिचीमा जात, अम्बामा जात, केरामा जात, एभोकाडोमा जात, नरिवलमा जात, रुखकटहरमा जातका साथै सपोटा, काठे बदाम, मेकाडेमियानट, सुपारी, बडहर, अनार, बयर, इमली आदि तथा तरकारी बाली तर्फ गोलभेडामा जात, आलुमा जात, भण्टामा जात, काउलीमा जात, मुलामा जातका साथै रामतोरीया, लौका, काँका, फर्सि, घिरौला, बोडी आदि आलङ्कारिक बोट तर्फ गुलाबमा ७७ जात, बोगेनबेलीयामा २४ जात, क्रोटनमा २५ जात, पाममा जात, रबर प्लान्टमा जातका साथै मालती, धूपी, अशोक, गुनकेशरी, रुद्राक्ष सुगन्ध कोकीला जस्ता अनेकौ बोटबिरुवाहरुको माउबोटहरु लगाई तिनको जातीय संरक्षण, सम्बर्धन गरी उपयुक्त जातहरुको बीउ, बेर्ना, बिरुवा उत्पादन गरी कृषकस्तरमा बिकी बितरण गरिन्छ केन्द्रको स्थापना पश्चात समयानुकूल कृषि निकायको संगठनात्मक संरचना हेरफेर एवं परिवर्तन भए बमोजिम यो केन्द्र निम्नानुसारको विभागमा रही सञ्चालन हुँदै आएको

  • वि.सं. २०२९/०३/१२ देखि २०२९/०९/०८ सम्म फलोद्यान विभाग
  • वि.सं. २०२९/०९/०९ देखि २०४४ आषाढ सम्म कृषि विभाग
  • वि.सं.२०४४ श्रावण देखि २०४९ आषाढ सम्म बागवानी विभाग
  • वि.सं.२०४९ श्रावण देखि २०५२ आषाढ सम्म कृषि विकास विभाग
  • वि.सं.२०५२ श्रावण देखि कृषि विभाग अन्तर्गत फलफूल तथा तरकारी विकास निर्देशनालयको प्राविधिक तथा मध्यमाञ्चल क्षेत्रिय कृषि निर्देशनालयको प्रशासनिक निर्देशनमा सञ्चालन हुँदै आएको
  • वि.सं.२०५९ श्रावण देखि फलफूल विकास निर्देशनालयको प्राविधिक तथा प्रशासनिक निर्देशनमा सञ्चालन हुँदै आएको तथा
  • वि. सं. २०७५…. साल देखि राष्ट्रिय फलफूल विकास केन्द्रको प्राविधिक तथा प्रशासनिक निर्देशनमा सञ्चालन हुँदै आएको