1. उष्ण तथा समशितोष्ण फलफूल तरकारी आलङ्कारिक एवं रैथाने बालीहरुको उच्च गुणस्तरयुक्त बीउ तथा बिरुवाको उत्पादन तथा बिक्री वितरण गर्ने ।
  2. स्थानिय एवं वाह्य श्रेत्रको हावापानी सुँहाउँदो फलफूल तरकारी आलङ्कारिक एवं रैथाने बालीहरुका जर्मप्लाज्म संकलन तथा संबद्र्धन उत्पादन तथा वितरण गर्ने ।
  3. केन्द्रको प्रभाव क्षेत्रभित्र रहेका कृषकहरुलाई प्राविधिक सेवा टेवा पु¥याउने ।
  4. फलफूल तरकारी एवं आलङ्कारिक बोटविरुवा आदिमा विद्यमान रहेका समस्याहरु पहिचान गरेर उपयुक्त कृषि प्रविधिको खोजी एवं विकास गर्ने ।
  5. बागवानी सम्बन्धी विभिन्न तालिममा विषय विशेषज्ञलाई प्रशिक्षणकको रुपमा उपलब्ध गराई कृषि प्रविधिको विस्तारमा सहयोग पुर्‍याउने ।
  6. उष्ण प्रदेशीय फलफूल नर्सरी तथा बगैँचाहरुको आवश्यकता अनुसार अनुगमन निरीक्षण र पृष्ठपोषण गर्ने ।